February 12, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

२४ घण्टामा थप ४९६ जनामा कोरोना संक्रमण 

April 12, 2021

काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप ४९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३०३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५२४ पुगेको छ । पछिल्लो २४ घण्टामा १३८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हालसम्म २ लाख ७४ हजार १६५ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार ५३ पुगेको छ । आज कोरोनाबाट थप १३ व्यक्तिको मृत्यु भएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ ।
नेपालमा हाल कुल सक्रिय संक्रमितको संख्यामा ३३०६ रहेको छ ।

- ADVERTISEMENT -