चितवन / भरतपुर क्रिकेट क्लबको आयोजनामा दोस्रो संस्करणको भरतपुर मेयर कप हुने भएको छ । मेयर कप क्रिकेट बैशाख २ गतेदेखि सुरु हुन लागेको सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
आयोजकका अनुसार भरतपुर महानगरपालिकासँगको सहकार्यमा हुने प्रतियोगितामा विद्यालय तथा वडा स्तरका १८ टोली सहभागी हुने बताइएको छ । भरतपुर क्रिकेट क्लबका अध्यक्ष अनिल अधिकारीले सहभागी टिमहरुमा १६ वर्ष मुनिका राष्ट्रिय खेलाडी समेत रहने जानकारी दिए ।
प्रतियोगिताका खेलहरु भरतपुर १६ रामपुरमा निर्माणाधिन गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशलाको नमुना मैदानमा हुनेछ । सहभागी टोलीहरुले राउण्ड एण्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्नेछन् । विद्यालय स्तरदेखि नै क्रिकेटको बिकासका लागि प्रतियोगिता आयोजना गरिएको उनले बताए । चितवनलाई क्रिकेटको हबको रुपमा बिकास गर्नका लागि तल्लो स्तरदेखि नै खेलाडीहरु एक्सपोजर दिनुपर्ने उनको भनाइ थियो ।
यस्ता प्रतियोगितामार्फत अवसरको अभावमा पछि परेका खेलाडीहरुले आफुलाई निखार्ने अवसर पाउने उनले बताए । मेयर कपलाई वार्षिक तालिकामा नै राखेर अघि बढाउदै लैजाने योजना रहेको प्रतियोगिता निर्देशक एवं पूर्व राष्ट्रिय कप्तान राजु खड्काले बताए । मेयरकपलाई क्लब, जिल्ला हुँदै राष्ट्रिय स्तरको प्रतियोगिताको रुपमा आयोजना गर्ने योजना रहेको उनको भनाइ थियो । यसैबीच सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टर र भरतपुर मेयर कपको आयोजना भरतपुर क्रिकेट क्लबबीच सम्झौता भएको छ ।
प्रतियोगितामा सेन्ट्रल कलेज प्रायोजकको रुपमा रहनेछ । सम्झौता पत्रमा सेन्ट्रल कलेजका तर्फबाट प्रवन्ध निर्देशक यज्ञ बिलास पौडेल (वाइबी) र क्लबका तर्फबाट अध्यक्ष अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा हस्ताक्षर गर्दै सेन्ट्रल कलेजका प्रवन्ध निर्देशक पौडेलले चितवनको खेलकुद बिकासका लागि सहकार्य गर्न आफुहरु सधैं तयार रहेको बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा बैशाख २ देखि दोस्रो संस्करणको मेयर कप हुने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.48
155.08

European Euro
1
173.05
173.72

UK Pound Sterling
1
204.42
205.21

Swiss Franc
1
186.06
186.79

Australian Dollar
1
107.90
108.32

Canadian Dollar
1
108.35
108.77

Singapore Dollar
1
120.62
121.09

Japanese Yen
10
9.76
9.79

Chinese Yuan
1
23.08
23.17

Saudi Arabian Riyal
1
41.12
41.28

Qatari Riyal
1
42.42
42.58

Thai Baht
1
4.61
4.63

UAE Dirham
1
42.06
42.22

Malaysian Ringgit
1
37.82
37.96

South Korean Won
100
11.52
11.57

Swedish Kroner
1
15.45
15.51

Danish Kroner
1
23.15
23.24

Hong Kong Dollar
1
19.68
19.76

Kuwaity Dinar
1
501.31
503.26

Bahrain Dinar
1
409.06
410.64

Omani Rial
1
401.24
402.80














