२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

‘सरकार तत्काल लकडाउन गर्ने सोचमा छैन’

प्रकाशित मिति : २०७८ बैशाख १ गते
- ADVERTISEMENT -

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लकडाउन नगर्ने बताएका छन् । कोरोना संक्रमण बढे पनि हाल सतर्कता विधि नै अपनाएर कोरोना नियन्त्रण गर्ने प्रयासमा सरकार रहेको प्रधानमन्त्री ओलीले बताएको हो ।
प्रम ओलीले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिँदै विश्वका कतिपय देश लकडाउनमा पुगिसके पनि सरकारले हाललाई सतर्कता विधिलाई नै अपनाउने बताएका हुन् ।
हाललाई सतर्कताका विधिबाट कोरोना नियन्त्रण गर्ने प्रयासमा रहेकोले छिट्टै लकडाउन नहुने उनले बताएका हुन् । उनले हालको अवस्थालाई मध्यनजर गरी सबैलाई सुरक्षा सतर्कता र सावधानी अपनाउन अपिल गरेका छन् ।

- ADVERTISEMENT -