चितवन / नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा ‘लुटें भने आफै लुटिन्छ’ नामक म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । उक्त म्यूजिक भिडियो नयाँ वर्षलाई लक्षित गरी सार्वजनिक गरिएको निर्देशक सुरेश चौधरीले मंगलबार प्रेस सम्मेलन मार्फत जानकारी गराए ।
निर्देशक चौधरीले समाजमा नारीमाथि हुने हिंसालाई प्रतिकार गर्नु पर्ने सन्देश भिडियोमा पस्केको बताए । अहिलेका नारी दमन अत्याचार प्रतिकार गर्न सक्ने भइसकेको र कुनै पुरुषहरुभन्दा कम नभएको भिडियो मार्फत उजागर गर्ने प्रयास गरिएको उनले भने ।
मनसुधा मिडिया प्रा.लि.को ब्यानरमा निर्माण गरिएको उक्त भिडियोको म्यूजिक भिम बिसीको रहेको छ । भिडियोमा चर्चित सेलिब्रेटी प्रीति आले मुख्य भूमिकामा देखिएका छन् भने गीत म्याक टेन कालुको रहेको छ ।
चितवनको पार्वतीपुर, चनौलीलगायतको ठाउँमा छायाकंन गरिएको र करिब दुई लाख पचास हजार लागत खर्च रहेको निर्देशक चौधरीले बताए ।
नववर्षको पूर्वसन्ध्यामा ‘लुटें भने आफै लुटिन्छ’ सार्वजनिक [भिडियोसहित]

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
