चितवन / नारायणगढको पुल्चोकमा रहेको होटल मनासलुको माथिल्लो तलामा मनासलु दोहोरी एण्ड गजल सांँझ सञ्चालनमा आएको छ । नयांँ बर्षको अवसर पारेर बुधबार मनासलु दोहोरी एण्ड गजल सांँझ उद्धघाटन होटल व्यवसायी संघ, चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठ र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनका अध्यक्ष लोक बहादुर रानाभाटले गरे ।
उद्धघाटन पछि बोल्दै प्रमुख अतिथि श्रेष्ठले चितवन सबै क्षेत्रको हब र यहांँ अन्य व्यवसाय फष्टाएसंँगै दोहोरी तथा गजलको बजार पनि फष्टाउंँदै गएको बताए । दोहोरी तथा गजलले देशको कला तथा संस्कृतिको संरक्षण र जगेर्नामा सहयोग पुरयाउने उनले विश्वास व्यक्त गरे । विशिष्ट अतिथि रानाभाटले पछिल्ला बर्षहरुमा पनि दोहोरी एण्ड गजल सांँझमा अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै आफ्नो व्यवसायलाई मर्यादित र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए ।
दोहोरी तथा गजल मनोरञ्जनको लागि मात्र नभई समग्र देशको संस्कृति जोगाउन र कलाकार उत्पादन गर्न समेत सहयोग पुग्ने उनको भनाई थियो । दोहोरी तथा गजल रेष्टुरेण्टका सञ्चालक द्धय, रामचन्द्र थापा र साजन जोशीले चितवन र नवलपरासीका सेवाग्राहीलाई लक्षित गरी दोहोरी तथा गजल सांँझ सञ्चालनमा ल्याइएको बताए ।
चितवनमा होटल तथा रेष्टुरेण्टको तुलनामा दोहोरी एण्ड गजल सांँझ संख्या कमी भएकोले दोहोरी तथा गजल हेर्ने सेवाग्राहीको लागि मनासलु दोहोरी एण्ड गजल सांँझ सञ्चालनमा ल्याइएको उनीहरुको भनाई छ ।
- ADVERTISEMENT -

नयाँ वर्षसँगै मनासलु दोहोरी एण्ड गजल सांँझको उदय
April 15, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
