मकवानपुर / बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको एक मात्र सरकारी अस्पतालमा क्यान्सर रोग पत्ता लगाउनका लागि परीक्षण सुरु गरिएको छ ।
जिल्लाको एक मात्र सरकारकारी अस्पताल हेटौंडा अस्पतालमा क्यान्सर रोग पत्ता लगाउनका लागि ल्याबोएटोरी मेसिनका माध्यमबाट क्यान्सर रोग पत्ता लागाउन परीक्षण सुरु गरिएको अस्पतालमा प्रमुख डा. प्रविण श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, शरिरका विभिन्न भागमा क्यान्सर छ की छैन भनेर पत्ता लगाउनका लागि उक्त परिक्षण सुरु गरिएको हो ।
रगतको माध्यमले गरिने यो परिक्षणबाट महिलाको पाठेघरमा, अण्डकोषमा र पुरुषको प्रोस्टेड परीक्षणका लागि काम सुरु गरिएको जनाएको छ ।
रगतका माध्यमले पत्ता लगाइने क्यान्सर रोग परीक्षण गराउन आउने सेवाग्राहीलाई अस्पतालले सस्तोदरमा सेवा दिएको हेटौँडा अस्पतालले जनाएको छ ।
हेटौँडा अस्पतालबाट क्यान्सर रोग पत्ता लगाउन परीक्षण सुरु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
