२०८२ माघ ४, आईतवार
January 18, 2026
२०८२ माघ ४, आईतवार
January 18, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गुल्मीको जिल्ला प्रशासन कार्यालय पाँच दिन बन्द : प्युठान जीप दुर्घटना

प्रकाशित मिति : २०७८ बैशाख ३ गते
File photo.
- ADVERTISEMENT -

गुल्मी / प्युठानमा जीप दुर्घटनामा परी कर्मचारीको निधन भएपछि गुल्मीको जिल्ला प्रशासन कार्यालय पाचँ दिनका लागि बन्द हुने भएको छ । बुधबार जीप दुर्घटना भएपछि बिहिबारका सबै सेवा बन्द गरिएको थियो । त्यस्तै वैशाख ३ गते शुक्रबारदेखि ६ गते सोमबारसम्म कार्यालयका मुद्धा र शान्ति सुरक्षाबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको कार्यालयका प्रशासकीय अधिकृत एवम् सुचना अधिकारी उद्धव पन्थीले जानकारी दिए ।
बिहीबार नयाँ बर्षको दिन पारेर जिल्ला प्रशासन कार्यालयका कर्मचारीसहित १७ जना लु १ ज १६६५ नम्बरको जीपमा प्युठानको स्वर्गद्धारी भ्रमणमा गएका थिए । तर जीप प्युठानको स्वर्गद्धारी नगरपालिका –३ रुमालेमा दुर्घटना हुँदा पाचँ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी कार्यालयका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्युटर अपरेटर सुर्य पन्थी, खरिदार इश्वरी भण्डारी, यमलाल पन्थी र सवारी चालक केशव कार्कीको निधन भएको थियो ।
दुर्घटनामा घाइते भएका सन्दिप परियार, सार्थक ज्ञवाली, कमला पन्थी, गीता मुखिया, अनिस मुखिया, मुना पाण्डे र सुनिता कडेँल गरी सात जनालाई उपचारको लागि काठमाडौं लगिएको छ । घाइतेमध्ये डिल बहादुर थापाको प्युठानको बिजुवारामा उपचार भइरहेको र अन्य चारजनाको स्थानीय स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रशासन कार्यालयले जनाएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -