२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

कुखुराको दानामा पुनः मूल्यबृद्धि

प्रकाशित मिति : २०७८ बैशाख ३ गते
- ADVERTISEMENT -

काठमाडौं / कखुरालाई खुवाउने दानाको मूल्य आकासिएको छ । दाना उत्पादनका लागि आवश्यक पर्ने कच्चापदार्थ भटमासको पिनाको मूल्य अन्तरराष्ट्रिय बजारमै बढेपछि नेपालमा यसको दानाको मूल्य बढेको हो ।
गत फागुन २६ गते प्रतिकिलो दानाको मूल्य २ रुपैयाँका दरले बढाएको नेपाल दाना उद्योग संघले गत आइतवारदेखि प्रतिकिलो ३ रुपैयाँका दरले बढाएको छ । यसअघि फागुनमा बढाइएको मूल्यअनुसार बी जिरो दाना प्रतिकिलो ६५ रुपैयाँ थियो भने अहिले ६८ रुपैयाँ पुगेको छ ।
त्यसैगरी बी वान दानाको मूल्य प्रतिकिलो ६४ रुपैयाँबाट बढेर ६७ रुपैयाँ र बी टु दानाको मूल्य प्रतिकिलो ६३ रुपैयाँबाट बढेर ६६ रुपैयाँ पुगेको संघले बताएको छ । नेपाली पोल्ट्री उद्योगको इतिहासमै दानाको मूल्य यति धेरै बढेको सरोकारवालाहरूको भनाइ छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

- ADVERTISEMENT -