धनगढी / कैलाली र कञ्चनपुरको सीमा जोडिएको गौरीफन्टा नाकामा शुक्रबार बिहान साढे १० बजेतिर अन्नपूर्ण पोस्ट्को टिम पुग्दा सबै कुरा अस्तव्यस्त देखियो। प्रहरी र सशस्त्रका जवान एउटा मात्रै सर्जिकल मास्कका भरमा भारतबाट घर फर्किरहेका नेपालीलाई लाम लगाउन र हेल्थ डेस्कमा पठाउन व्यस्त थिए। नाकामै सयौं ई–रिक्सा पार्किङ गरिएका थिए। ती रिक्साका चालक भारतीय सीमाभित्रै पसेर यात्रुका झोला ओसारिरहेका देखिन्थे। मुखमा न मास्क, हातमा न पञ्जा थियो। कुनै स्वास्थ्य सावधानी अपनाएको देखिएन।
‘यस्तो नगरे घर चल्दैन। हामीलाई त कोरोना भएर निको पनि भइसक्यो होला’, नाम नबताएका एक रिक्सा चालकले भने, ‘कति दिनसम्म कोरोना कोरोना भनेर रोजीरोटी नचलाउने ?’
नाकामा ईरिक्सा मात्रै होईन, मिनी बस ले पनि यात्रुलाई धनगढी बजारसम्म बोक्ने गर्छन्। धनगढी बसपार्कका होटल सञ्चालकले भारतबाट आएका नेपालीलाई आफ्नो होटलमा ल्याउन निःशुल्क बस चलाएका छन। दिनभर आफ्नो होटलमा खानपीन गर्ने, त्यसपछि गन्तब्यसम्मको टीकटमा कमिशन पनि पाउने। अरू पनि फाइदा मिल्ने भएकाले होटल सञ्चालकले बसबाट जथाभावि यात्रु ओसारेको पनि देखियो।
सरकारले भारतबाट आएका नागरिकहरूका लागि नाकामा निशुल्क एन्टीजेन परिक्षणको व्यवस्था गरेको छ। तर, बसका कर्मचारीले सकेसम्म एन्टीजेन परिक्षणबाट पनि छुटाएर यात्रुलाई बसपार्कसम्म ल्याएको पाईयो।
अछामको साफेबगरका रामबहादुर दमाई र सुर्खेतका सुरत नेपालीसँगै भारतको मुम्बईबाट गौरीफन्टा आइपुगे। दुबै जनासँगै नै विन्दास भएर नेपाल छिरे। उनीहरूले न मास्क लगाएका थिए न त स्यानिटाइजरकै प्रयोग गरेका थिए। सयौंको भीड छिचोल्दै भारतको मुम्बईबाट बसमा आएका उनीहरूलाई हेल्थ डेस्कका कर्मचारीले मास्क दिए।
‘मास्क लगाएर के गर्नु ? यो मास्कले कोरोनाको किटाणु रोक्दैन भनेर सुनिन्छ’, धनगढी बसपार्कमा अछाम जान बसको टिकट बनाइरहेका भरत राललले भने, ‘सरकारले केही सुविधा दिएको छैन, न क्वारेन्टाईन छ, न गतिला आईसोलेशन नै। अब हामीले मास्क लगाएर मात्र कोरोनाबाट जोगिने हो त ? मास्क लगाए झन शरिरमा अक्सीजन कम हुन्छ र मानिस विरामी हुन्छ।’ सीमा क्षेत्रमा कोरोनाबारे देखिएको चरम लापरवाही देखेपछि अन्नपूर्ण पोस्ट्को टोली धनगढीको बढी भीडभाड हुने स्थान ट्राफिक चोक पुग्यो। आधा घण्टाको बसाइमा ९० प्रतिशत अटो रिक्साका चालक र त्यसमा बसेका यात्रुले मास्क नलगाएको पाइयो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

जहाँ जोखिम, त्यहीं खेलाँची

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.76
145.36

European Euro
1
170.70
171.41

UK Pound Sterling
1
196.72
197.54

Swiss Franc
1
186.09
186.86

Australian Dollar
1
101.01
101.43

Canadian Dollar
1
105.78
106.22

Singapore Dollar
1
113.68
114.16

Japanese Yen
10
9.22
9.26

Chinese Yuan
1
20.86
20.95

Saudi Arabian Riyal
1
38.60
38.76

Qatari Riyal
1
39.61
39.77

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
39.41
39.58

Malaysian Ringgit
1
36.67
36.82

South Korean Won
100
9.87
9.91

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
22.86
22.95

Hong Kong Dollar
1
18.52
18.60

Kuwaity Dinar
1
473.69
475.65

Bahrain Dinar
1
383.97
385.56

Omani Rial
1
376.02
377.58












