२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026
२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026 Monday
- ADVERTISEMENT -

असिनाले अर्बौंको तरकारी क्षति

प्रकाशित मिति : २०७८ बैशाख ४ गते
Photo : Tukhabar

मकवानपुर / मकवानपुरको थाहानगरपालिकामा शुक्रबार साँझ परेको असिनाले किसानले लगाएको तरकारी बाली पूर्णरुपमा नष्ट भएको छ ।
थाहानगरमा करिब ७ सय हेक्टरमा लगाइएको आलु, करिब २ सय हेक्टरमा लगाइएको काउली, बन्दा, मुला, किबीलगायत तरकारी र फलफूल नष्ट भएको नगरपालिका कृषि शाखा प्रमुख सञ्जय तिवारीले बताए ।
थाहानगरको मुख्य तरकारी बालीमा असिनाले नोक्सान गरेपछि किसान चिन्तित छन् । उक्त क्षेत्रका जमिनमा करिब डेढ फिट बाक्लो असिना जमेको स्थानीयले बताएका छन् ।
सबै तरकारी नष्ट भएपछि बिउ पनि नहुने र अब रोप्ने तरकारीको बिउ, मल खरिद गर्न समेत समस्या हुने कृषकहरु बताउछन् ।
ुगतबर्ष लकडाउनले तरकारी बिक्री गर्न सकिएन । हाल असिनाको कारण सबै तरकारी नोक्सान भो,’ थाहानगर–९, चित्लाङका कृषक विष्णुलाल वाइबाले भने ।
सिस्नेरीका दिलबहादुर आलेको बारिमा तरकारी टन्नै थियो । तर, असिनाले बिगारेपछिको पीडा उनले सुनाए । सिस्नेरीमा एक याममा एक हजार ७ सय ५० हेक्टरमा तरकारी खेतीबाट करिब २१ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । उक्त क्षेत्रमा लौका, करेला, भिन्डी, बोडी, टमाटर, का“क्रो, सागलगायत तरकारी उत्पादन हुने गर्दछ । सबभन्दा बढी त बोडी र टमाटर हुन्छन् ।
डाउनको समयमा तरकारी ब्यापारी, उपभोक्ता र किसानले निकै समस्या भोगे । लकडाउन खुलेको अबस्थामा पनि समस्या उनीहरु प्राकृतिक प्रकोपको पीडा खेपिरहेका छन् । किसानले उत्पादन गरेको तरकारी असिनाले नष्ट गरेपछि बजारमा तरकारी अभावले उपभोक्तामा बढी मूल्य तिरेर खानुपर्ने वाध्यता सिर्जना हुने आशंका छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36