मकवानपुर / मकवानपुरको थाहानगरपालिकामा शुक्रबार साँझ परेको असिनाले किसानले लगाएको तरकारी बाली पूर्णरुपमा नष्ट भएको छ ।
थाहानगरमा करिब ७ सय हेक्टरमा लगाइएको आलु, करिब २ सय हेक्टरमा लगाइएको काउली, बन्दा, मुला, किबीलगायत तरकारी र फलफूल नष्ट भएको नगरपालिका कृषि शाखा प्रमुख सञ्जय तिवारीले बताए ।
थाहानगरको मुख्य तरकारी बालीमा असिनाले नोक्सान गरेपछि किसान चिन्तित छन् । उक्त क्षेत्रका जमिनमा करिब डेढ फिट बाक्लो असिना जमेको स्थानीयले बताएका छन् ।
सबै तरकारी नष्ट भएपछि बिउ पनि नहुने र अब रोप्ने तरकारीको बिउ, मल खरिद गर्न समेत समस्या हुने कृषकहरु बताउछन् ।
ुगतबर्ष लकडाउनले तरकारी बिक्री गर्न सकिएन । हाल असिनाको कारण सबै तरकारी नोक्सान भो,’ थाहानगर–९, चित्लाङका कृषक विष्णुलाल वाइबाले भने ।
सिस्नेरीका दिलबहादुर आलेको बारिमा तरकारी टन्नै थियो । तर, असिनाले बिगारेपछिको पीडा उनले सुनाए । सिस्नेरीमा एक याममा एक हजार ७ सय ५० हेक्टरमा तरकारी खेतीबाट करिब २१ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । उक्त क्षेत्रमा लौका, करेला, भिन्डी, बोडी, टमाटर, का“क्रो, सागलगायत तरकारी उत्पादन हुने गर्दछ । सबभन्दा बढी त बोडी र टमाटर हुन्छन् ।
डाउनको समयमा तरकारी ब्यापारी, उपभोक्ता र किसानले निकै समस्या भोगे । लकडाउन खुलेको अबस्थामा पनि समस्या उनीहरु प्राकृतिक प्रकोपको पीडा खेपिरहेका छन् । किसानले उत्पादन गरेको तरकारी असिनाले नष्ट गरेपछि बजारमा तरकारी अभावले उपभोक्तामा बढी मूल्य तिरेर खानुपर्ने वाध्यता सिर्जना हुने आशंका छ ।
- ADVERTISEMENT -

असिनाले अर्बौंको तरकारी क्षति
April 17, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
