January 13, 2025
- ADVERTISEMENT -

विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

April 17, 2021

काठमाडौँ / कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले शहरी क्षेत्रका विद्यालयहरू वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । शनिबार सिंहदरबारमा बसेको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको कृषिमन्त्री पद्मा अर्यालले जानकारी दिए ।
तर, सीसीएमसीले शहरी क्षेत्रबाहेक अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहको निर्णयअनुसार हुने निर्णय गरेको छ। पछिल्लो समय मुलुकमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपनि विद्यालय बन्द गर्न बारम्बार चौतर्फी दबाब बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि बन्द गरिनुपर्ने बताउँदै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -