भक्तपुर / दुवै मिर्गौला फेल भई उपचाररत तेमाल गाउँपािलका वडा नं. ९, पालुघाटकी रञ्जना तामाङको उपचारको लागि विभिन्न व्यक्तित्वहरुले गरेको आर्थिक सहयोग पिडितलाई हस्तान्तरण गरेको छ । आर्थिक अभावका कारण उपचारमा समस्या आएपछि परिवारले रञ्जनाको जीवन रक्षाका लागि सहयोगको अपिल गरेको थियो ।
युवा मञ्च पालुघाट समूहले चलाएको अभियानमा व्यक्तित्वहरुले साथ दिएको छ । शनिबार उक्त रकम पिडितलाई हस्तान्तरण गरिएको वडा नं. ९ का वडा सदस्य कान्छा लामाले जानकारी दिए ।
उनका अनुसार क्यानडाबाट बिरबल लामाले १ लाख २७ हजार १३२ रुपैयाँ सहयोग गरेका थिए । त्यसैगरी हाल इमाडोल बस्ने तेमाल गाउँपालिका वडा नं. ५, ठोक्रेका बिना लामाले ५ हजार रुपैयाँ र हाल मलेशियामा रहेका तेमाल गाउँपालिका वडा नं. ९ पालुघटटारका भिम बहादुर तामाङले ५ हजार १ सय ५ रुपैयाँ सहयोग गरेका छन् । सो सहयोग रकम अस्पतालमै पुगेर हस्तान्तरण गरेको वडा सदस्य लामाले जानकारी दिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

मिर्गौला पीडित रञ्जनालाई आर्थिक सहयोग
April 18, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
