काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएका छन् ।
सरकारसँग भएको समझदारी अनुसार बन्दीको रिहाइ नभएको गुनासोसहित पुगेका चन्द र प्रधानमन्त्री ओलीबीच आज आइतबार भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
उनका अनुसार, प्रधानमन्त्री र विप्लवबीच पहिले भएका सहमति कार्यान्वयन र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ ।
कैदीबन्दी रिहाइमा ढिलो भएको भन्दै विप्लवले यसअघि ९ चैत्रमा पनि प्रधानमन्त्री ओलीलाई भेटेर गुनासो गरेका थिए ।
भेटमा विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि सहभागी थिए ।
प्रधानमन्त्री र विप्लवबीच भेटवार्ता, बन्दीको रिहाई नभएको गुनासो
April 18, 2021
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -