चितवन / काठमाडौंबाट शोभायात्रासहित राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति ल्याइने भएको छ । माडीको अयोध्याधाममा निर्मित मन्दिरका लागि राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति ल्याइने आइतबार पत्रकार सम्मेलन मार्फत कार्यक्रम संयोजक तीर्थराज भुषालले जानकारी दिए ।
उनका अनुसार बैशाख ७ गते काठमाडौंको राम मन्दिरबाट स्वस्तीवाचनसहित प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मूर्ति हस्तान्तरण गरिने र शोभायात्रासहित उक्त मूर्तिहरु माडी अयोध्याधाम ल्याइने भएको हो ।
बग्गी, रथसहितको कलशयात्रा र करिब पाँच सय वटा सवारीसाधनको व्यवस्था गरिएको उनले बताए । उनले नागढुंगाबाट बग्गी काठमाण्डौं फर्कने र चार वटा गाडीमा चार वटा मूर्तिहरुसहितका गाडी माडीतर्फ प्रस्थान गरिने बताए । सोही दिन साँझ ४ देखि ५ बजेको समयमा दासढुंगामा शोभायात्रामा सहभागीहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको उनले भने ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीका अनुसार उक्त दिन साँझ टोलीको खानपान र बासको व्यवस्था देवघाटमै हुने बताए । बैशाख ८ गते बिहान देवघाटका विभिन्न पिठाधीशहरुको उपस्थितिमा पवित्र जलले जलाभिषेख गरी माडीतर्फ प्रस्थान गर्ने गरिने बताइएको छ ।
शोभायात्रा पुनः दासढुंगाको बाटो हुँदै आँपटारी, पुल्चोक, लायन्सचोक, होकिमचोक हुँदै माडी जाने अध्यक्ष अधिकारीले बताए ।
परशुराम कुण्ठको जलले जलाभिषेक गरी अयोध्याधाममा मूर्तिहरु स्थापना गरिने प्रचारप्रसार समितिका संयोजक श्री दवाडीले जानकारी दिए । उनका अनुसार उक्त दिन माडीमा नौ सय सवारीसाधन र चार हजार भक्तजनहरुलाई खान बस्नको व्यवस्था गरिएको छ ।
माडी नगरपालिकाले धाम व्यवस्थापनको लागि एक सय विगाह जमिन दिने निर्णय गरेको छ । धामको सम्पूर्ण निर्माण सम्पन्न गर्न करिब चार अर्ब रुपैयाँ खर्च लाग्ने बताइएको छ ।
माडी अयोध्याधाममा भोलि राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति ल्याइँदै
April 19, 2021
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -