काठमाडौं / सरकारले बैशाख मसान्तसम्मका लागि सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणको जेखिमलाई मध्यनजर गर्दै कोरोनाबाट प्रभावित सहरी क्षेत्रका विधालयहरु बन्द गर्ने निर्णय गरेको हो ।
बैठकले नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश जारी गर्दै विद्यालयहरु बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । ‘
उक्त निर्णयपछि मकवानपुरको हेटौंडासहित काठमाडौं उपत्यका, बनेपा, धुलिखेल, चितवन, बिराटनगर, इटहरी, धरान, वीरगञ्ज, जनकपुर, भैरहवा, पोखरा, बुटबल, नेपालगञ्ज, धजगढी र भीमदत्त नगरका विद्यालयहरु बन्द गरेर अनलाइनबाट अध्ययन, अध्यापन गराइनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण बढेसँगै शहरी क्षेत्रका विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो ।
सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
