काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २८१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८५ हजार ९०० पुगेको छ । पछिल्लो २४ घण्टामा २५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हालसम्म २ लाख ७५ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार ९१ पुगेको छ । आज कोरोनाबाट थप ८ व्यक्तिको मृत्यु भएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । नेपालमा हाल कुल सक्रिय संक्रमितको संख्यामा ७ हजार २५४ रहेको छ ।
एकैदिन १ हजार २८१ जनामा कोरोना संक्रमण
April 19, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
