चितवन / भरतपुर महानगरपालिका वडा नम्बर ६ देवनगरमा रहेको सिँचाइ आयोजनाको ट्रान्सफर्मर चोरी भएको छ ।
जलस्रोत मन्त्रालयमार्फत भूमिगत जल सिँचाइका लागि अनुदानमा आएको ट्रान्सफर्मरको तामाको तार र तेल चोरी भएको स्थानीय देवराज सापकोटाले जानकारी दिए ।
उज्ज्वलदीप भूमिगत सिँचाइ उपभोक्ता समूहमार्फत दुई वर्षदेखि स्थानीय ५९ घरको ४० बिघा जमिनमा सिँचाइ हुँदै आएको थियो । उपभोक्ता समूहका उपाध्यक्ष बाबुराम न्यौपानेका अनुसार चालू अवस्थामा रहेको ५० केभिएको ट्रान्सफर्मर आइतबार बिहान बारीमा तामाको तार र तेल चोरी गरी फालिएको अवस्थामा भेटिएको थियो ।
अहिले ट्रान्सफर्मर नभएपछि सिँचाइ रोकिएको छ । किसानका खेतमा मकै र धान लगाएका छन् । नेपाल विद्युत् प्राधिकरणले समूहको ट्रान्सफर्मर भएको भन्दै यसको विकल्प दिएको छैन ।
यद्यपि, प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको बताएको छ । नयाँ ट्रान्सफर्मरको मूल्य करिब ५ लाख पर्छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

५ लाख बराबरको ट्रान्सफर्मर चोरी
April 20, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
