काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मापदण्डको उल्लंघन गरेका छन् । मंगलबार बिहानै प्रधानमन्त्री निवासमा बालुवाटारमा मंगल धुन गुन्जिन थालेको थियो भने पूजापाठ पनि चलिरहेको थियो । कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै मानिसहरुको उपस्थिति पनि उल्लेख्य थियो ।
उक्त रमझम थियो, प्रधानमन्त्री ओलीले चितवनको माडी अयोध्याधाममा स्थापना गर्ने राम-सीताका मूर्ति हस्तान्तरणका लागि । मूर्तिलाई प्रधानमन्त्री ओली तथा धर्मपत्नी राधिका शाक्यले मन्त्री भानुभक्त ढकाल,शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ,नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको उपस्थितिमा बाजागाजासहित पूजा अर्चना गरेर हस्तान्तरण गरेका थिए ।
‘श्री सीताराम शोभा रथयात्रा’ नाम दिइएको सो धार्मिक र्यालीमा सय जना भन्दा बढी सहभागी थिए । तर, प्रधानमन्त्री ओलीकै अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना सङ्क्रमण बढेसँगै जोखिम न्यूनीकरणका लागि विभिन्न आदेश जारी गरेको थियो ।
जसमा मेला, जात्रा, पर्व, विवाहलगायत धार्मिक अनुष्ठान र मलामीलगायत धार्मिक तथा परम्परागत कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने पनि मापदण्ड तय भएको थियो । सो मापदण्ड सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उल्लंघन गर्नेहरुलाई कानूनी कारवाही गरिने चेतावनीसमेत दिएका थिए ।
तर, त्यसको भोलिपल्ट नै प्रधानमन्त्री ओलीले मापदण्डको ठाडो उल्लंघन गरेका छन् । योसँगै प्रधानमन्त्री ओलीलाई कारबाही हुन्छ की हुँदैन भन्ने सर्वसाधारणको चासो छ ।
स्वास्थ्य मापदण्ड जारी भएको भोलीपल्टै प्रधानमन्त्री ओलीद्वारा उल्लंघन !
April 20, 2021
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -