संघको शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन
चितवन । तामाङ पत्रकार संघ जिल्ला शाखा चितवनले नववर्ष २०७८ सालको शुभकामना आदानप्रदान तथा भित्ते पात्रो सार्वजनिक गरेको छ । बागमती प्रदेश सभा सदस्य तथा प्रमुख अतिथि माननीय ओमबहादुर घलानले ब्यानर वाचन गरेर कार्यक्रम शुभारम्भ गरेको हो ।
प्रमुख अतिथि घलानले हामीले औपचारिक कार्यक्रम गरेर मात्र नपुग्ने, हाम्रो अस्तित्वको लागि निरन्तर संघर्ष गर्नुपर्ने बताए । संविधानमा लेखिएको अधिकारलाई कार्यान्वयनमा ल्याउन तामाङ समुदाय जागरुक हुनु पर्ने समय आएको उनको भनाइ थियो । तामाङ समुदायको पहिचान सहितको समृद्धिको लागि सबैलाई आ–आफ्नो क्षेत्रबाट सशक्त ढंगबाट अघि बढ्न उनले आग्रह गरे ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनका उपाध्यक्ष प्रकाशमणि ज्ञवालीले तामाङ पत्रकार संघ चितवनलाई जुनसुकै किसिमको सहयोग गर्न प्रतिबद्ध भएको बताए । उनले तामाङ संग्रहालयको आवश्यकता भएको भनाइ राख्दै प्रस्ताव लिएर आएको खण्डमा पूर्ण सहजीकरण गर्ने जिकिर गरे । संघलाई आफूसँग भएका सिप, स्रोत साधन निःशुल्क उपलब्ध गराउने उनको धारणा थियो ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ बागमती प्रदेश सदस्य लीलाकुमार घलान, नेपाल पत्रकार महासंघ चितवनका सचिव दिपेन्द्र अधिकारी, प्रेस युनियन नेपालका अध्यक्ष अनिल ढकाल, प्रेस चौतारीका अध्यक्ष सुवास पण्डित, आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज०का अध्यक्ष सन्दिपकुमार श्रेष्ठ, तामाङ पत्रकार संघ केन्द्रीय सदस्य उर्गेन तामाङ, पाख्रिन समाज केन्द्रीय उपाध्यक्ष शम्भु पाख्रिन, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष गंगालाल तामाङ, लोथर उपभोक्ता समितिका अध्यक्ष मानबहादुर स्याङ्बो लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
२०७० सालमा स्थापित संघले हरेक वर्ष निरन्तर क्यालेण्डर प्रकाशन गर्दै आइरहेको छ । स्थापनाकालमा ७ सदस्यीय सदस्य रहेको संघमा हाल आएर २४ जना सदस्य भएको कार्यक्रममा जानकारी गराइएको थियो ।
संघका उपाध्यक्ष बबिलाल तामाङले स्वागत मन्तव्य र सचिव राजेश तामाङले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रम संघका अध्यक्ष ज्ञानेन्द्र तामाङको सभापतित्व सम्पन्न भएको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

तामाङ पहिचानसहितको समृद्धिका लागि संघर्ष – माननीय घलान
April 21, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
