काठमाडौं / कोरोना जोखिम तीब्र बनेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अत्यावश्यक कामबाहेक विमानस्थल प्रवेश नगर्न अनुरोध गरेको छ ।
साथै स्वदेश तथा विदेशबाट आउने जाने आफन्तजनलाई बिदाइ र स्वागतमा पनि बन्देज लगाइएको छ । विमानस्थलले एक सूचनामार्फत कोरोना भाइरसको बढ्दो संक्रमणबाट बच्न र आफ्ना कर्मचारीलाई सुरक्षित राख्नका लागि सो अनुरोध गरेको हो ।
विमानस्थल प्रवेश गर्दा सरकारले जारी गरेको निर्देशन तथा स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्य पालना गर्न पनि विमानस्थल प्रशासनले अनुरोध गरेको छ ।
विमानस्थल आवात-जावत गर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, शरीरको तापक्रम मापन गराउने, सेनिटाइजरको प्रयोग, लाइनमा तोकिएको सांकेतिक पाइलामा उभिनु पर्ने, आन्तरिक तथा वाह्य जाने यात्रुले ट्राभलर डिर्पाचर फर्म भर्नु पर्नेलगायतका नियम कार्यान्यवन गर्न पनि भनिएको छ ।
बिदाइ र स्वागतका लागि त्रिभुवन विमानस्थलमा जान रोक

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
