February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चार लाख नक्कली नोटसहित तीन जना पक्राउ

April 21, 2021

काठमाडौं / सुनसरीबाट प्रहरीले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका–१९ का ६६ वर्षीय टेकबहादुर तामाङ, हरिनगर गाउँपालिका–२ का २४ वर्षीय नजिम साफी र धरान–१७ का महेन्द्र तामाङ रहेका छन्।
प्रहरीले चार लाख १५ हजार रुपैयाँ नक्कली नोटसहित उनीहरुलाई मंगलबार पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ।
उनीहरूलाई इनरुवा–४ स्टार होटल अगाडिबाट पक्राउ गरिएको हो।
पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ को मुद्दा सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -