चितवन / चितवनको एक सामुदायिक विद्यालय खानेपानी संस्थाको निर्वाचनका लागि विद्यालय बन्द गरिएको छ । राप्ती नगरपालिका ८ मा रहेको बिरेन्द्रनगर साना शहरी खानेपानी तथा सरसफाई संस्थाको निर्वाचनका लागी बिरेन्द्र आदर्श माध्यमिक विद्यालय बन्द गरिएको हो ।
विद्यालयलाई मतदान स्थल बनाइएको छ । मतदानका लागि एक दिन विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक केशवमणी सिग्देलले बताए । नगरपालिकाबाट स्थानीय सट्टा बिदा हुने गरि एक दिनका लागि विद्यालय बन्द गर्न पत्र आए अनुसार बन्द गरिएको सिग्देलले जानकारी दिए । कोरोना कहरका कारण गत बर्ष पढाईलाई असर गरेर शैक्षिक शत्र लम्बिरहेका बेला विद्यालयनै बन्द गराएर कुनै संस्थाको चुनाब गराउनु लज्जाको विषय रहेको भन्दै धेरैले सो कार्यको आलोचना गरेका छन् । विद्यालयका प्रधानाध्यापक स्वय विद्यालयलाई मतदान केन्द्र बनाउन हुन्न भन्ने पक्षमा छन् । विद्यालयलाई मतदान केन्द्र बनाउन हुदैन भनेर हामिले भन्यौ प्रअ सिग्देलले भने( नगरले पत्र पठाए पछि नकार्न सकिएन,मान्नै पर्यो ।
यस बिषयमा राप्ती नगरपालिकाका नगर शिक्षा अधिकारी शम्भु प्रसाद पौडेललाई टेलिफोन गरि बुझ्न खोज्दा उनले गैर जिम्मेवार रुपमा जवाफ दिएका छन् । विद्यालय बन्द भएको भन्ने जिज्ञासा राख्दा किन बन्द भएको थाहा पाउनुभएको छैन र भन्दै जवाफ दिएका थिए । उनले नगर प्रमुखले आदेश दिएकाले सट्टे विदा गरिएको बताए । बरेन्द्रनगर खानेपानी संस्थाको नयाँ कार्यसमिति चयनका लागि दुई प्यानल चुनाबी मैदानमा छन् । नेपाली काङ्ग्रेस र नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलि समुहबाट चुडा प्रसाद सिलवाल (भिमसेन )ले नेतृत्व गरेका छन् भने नेकपा माओवादी ,एमाले नेता माधव नेपाल समूह,राप्रपा र नेकपा माले प्यानलको नेतृत्व रामचन्द्र पाठकले गरेका छन् ।
- ADVERTISEMENT -
निर्वाचनको लागि विद्यालय बन्द
April 21, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -