चितवन / चितवनका चार जना गुरुङ (तमु) संचारकर्मी सम्मानित भएका छन् । तमु प्ये ल्हु संघ चितवनले उनीहरुलाई २०७७ चैत २५ गते सम्पन्न नेपाल पत्रकार महासंघ चितवनको महाधिवेशनबाट विजयी भएकोले बुधबार सम्मान गरेको हो ।
महासंघको अधिवेशनबाट विजयी हुनेमा एकजना जनमानसमा निकै लोकप्रिय चितवन पोष्ट दैनिकका सम्वाददाता तुलमान गुरुङ हुनुहुन्छ । यस्तैगरी अन्यमा दानबहादुर गुरुङ, हिरालाल गुरुङ र अमृता गुरुङ रहेका छन् । उनीहरुलाई संघका जिल्ला अध्यक्ष जगतबहादुर गुरुङ र संघको महिला समिति अध्यक्ष इन्द्रा गुरुङले फेटा र माला लगाएर सम्मानित गरेको हो ।
संघका अध्यक्ष जगतबहादुर गुरुङले थोरै मात्रामा क्रियाशिल गुरुङ संचारकर्मीहरुले पनि चितवनको पत्रकारितामा बलियो उपस्थिति देखाउन सफल भएको बताए । संचारकर्मीहरुलाई क्रियाशिल बनाउन सदैव सहयोग गर्न तत्पर रहेको उनको भनाइ थियो । उनले गुरुङ समुदायको सांस्कृतिक, धार्मिक, पहिचान लगायतका कुराहरुलाई संचारमाध्यमबाट फैलाउन गुरुङ संचारकर्मीहरुलाई आग्रह पनि गरे ।
कार्यक्रममा तमु प्ये ल्हु संघ चितवनका संस्थापक कोषाध्यक्ष एवं पूर्व अध्यक्ष भीमबहादुर गुरुङ, उपाध्यक्ष लालप्रसाद गुरुङ, सल्लाहकार शान्ति गुरुङ, सांस्कृतिक संयोजक नारायण गुरुङ, महिला समिति कोषाध्यक्ष सुकमाया गुरुङ, युवा समितिका अध्यक्ष राजिव गुरुङ लगायतले विजयीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।
संघका उपाध्यक्ष लालप्रसाद गुरुङले स्वागत मन्तव्य दिएका भने सचिव विक्रम गुरुङले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रम जगतबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनका चार जना गुरुङ संचारकर्मी सम्मानित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.48
155.08

European Euro
1
173.05
173.72

UK Pound Sterling
1
204.42
205.21

Swiss Franc
1
186.06
186.79

Australian Dollar
1
107.90
108.32

Canadian Dollar
1
108.35
108.77

Singapore Dollar
1
120.62
121.09

Japanese Yen
10
9.76
9.79

Chinese Yuan
1
23.08
23.17

Saudi Arabian Riyal
1
41.12
41.28

Qatari Riyal
1
42.42
42.58

Thai Baht
1
4.61
4.63

UAE Dirham
1
42.06
42.22

Malaysian Ringgit
1
37.82
37.96

South Korean Won
100
11.52
11.57

Swedish Kroner
1
15.45
15.51

Danish Kroner
1
23.15
23.24

Hong Kong Dollar
1
19.68
19.76

Kuwaity Dinar
1
501.31
503.26

Bahrain Dinar
1
409.06
410.64

Omani Rial
1
401.24
402.80













