June 13, 2024

भरतपुर अस्पतालको सर्वसाधारणमा अपिल – अति आवश्यक परे मात्रै आउनु

April 22, 2021

चितवन / भरतपुर अस्पतालले अति आवश्यक परे मात्रै अस्पताल आउन सर्वसाधारणमा अपिल गरेको छ । अस्पतालले बुधबार एक सूचना जारी गर्दै अस्पतालमा भिडभाड हुँदा कोरोना (कोभिड–१९) संक्रमणको जोखिम बढ्ने भएकोले अति आवश्यक परेमा मात्रै आउन अपिल गरिएको हो ।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेट डा. जगन्नाथ तिवारीद्वारा जारी अपिलमा कोरोनाको संक्रमण दिनानुदिन बढ्दै गइरहेकोले अस्पतालमा भिडभाडले संक्रमणको जोखिम बढी हुने जनाइएको छ ।
अस्पतालमा सेवा लिन आउँदा पनि जनस्वास्थ्यका मापदण्डहरु मास्क लगाउने, साबुन पानीले समय समयमा हात धुने, स्यानिटाईजर प्रयोग गर्ने, भौतिक दूरी काम गर्ने जस्ता कार्य अनिवार्य रुपमा पालना गर्न पनि अपिलमा आग्रह गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -