चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले सरकारले जारी गरेको आदेश पालना गर्नु अनुरोध गरेको छ । प्रशासनले बिहीबार एक सूचना जारी गर्दै १५ बुँदे निर्देशन पालना गर्न अनुरोध गरिएको छ ।
सूचनामा भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण चितवनमा पनि फैलिएको भन्दै नियन्त्रणका लागि सरकारले जारी गरेको आदेशलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सबैमा अनुरोध गरिएको छ ।
प्रशासनले भरतपुर महानगरभित्रका विद्यालय तथा कलेजका विद्यार्थीहरुलाई भौतिक उपस्थिति नगराई अनलाईन कक्षा सन्चालन गर्न निर्देशन दिइएको छ । भरतपुर महानगर बाहेकका स्थानीय तह अन्तरगतका विद्यालयहरुलाई एसइई बाहेकका सबै परीक्षाहरु वैशाख मसान्तभित्र सक्न निर्देशन दिइएको सूचनामा उल्लेख छ ।
त्यस्तै जारी सूचना अनुसार सिनेमा हल, पार्टी प्यालेस, डान्स, बार, जिम खाना, स्विमिङ पुल, आम सभा, जुलुस, हाटबजार लगाएतका सबै प्रकारका भिडभाड हुने कार्यक्रम नगर्न अनुरोध गरिएको हो ।
सूचनामा सभा, सम्मेलन, गोष्ठी, समीक्षा बैठक, तालिम जस्ता क्रियाकलाप संचालन गर्दा भर्चुअल माध्यमबाट गर्ने, विवाह ब्रतबन्ध आदिमा २५ जना भन्दा बढी उपस्थित नहुने, विवाह ब्रतबन्ध गर्नको लागि पाटी प्यालेस चाहिएमा प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिनुपर्ने भनिएको छ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने र होटल रेस्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सन्चालन गर्न पाउने लगायतका निर्देशन गरिएको छ ।
- ADVERTISEMENT -
चितवन प्रशासनद्वारा १५ बुँदे निर्देशन पालना गर्न आग्रह
April 22, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -