२०८२ माघ ४, आईतवार
January 18, 2026
२०८२ माघ ४, आईतवार
January 18, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

हेटौंडामा कोरोना संक्रमणबाट जोगिन मास्क वितरण

प्रकाशित मिति : २०७८ बैशाख १० गते
Photo : Halkaro
- ADVERTISEMENT -

हेटौंडा / मकवानपुरमा केही दिनदेखि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। यसैक्रममा यसबाट जोगिन हेटौंडामा सचेतनामूलक कार्यक्रमहरु र मास्क वितरण कार्यको थालनी गरिएको छ।
बिहीबार बिहान सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले मकवानपुर प्रहरी प्रमुख एसपी सोमेन्द्र सिंह राठौर सहितको टोलीले हेटौडाको बुद्ध चोकमा आज सचेतना मूलक कार्यक्रम गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा बुद्ध चोक,सिमाचोक र आसपासको क्षेत्रमा कोरोनाबाट जोगिन सन्देशमुलक सुचना सहित मास्क वितरण गरिएको थियो।
मास्क नलगाइ बस, ट्रक , साइकल, मोटरसाइकल, म्याजिक, अटो,मयुरी लगायतका सवारीमा यात्रा गर्ने र सवारी चालकलाई मास्क प्रयोग गर्न आग्रह गर्दै निःशुल्क मास्क वितरण पनि गरिएको थियो ।
कार्यक्रममा सचेतनामूलक कार्यक्रममा केन्द्रका अध्यक्ष राम बिष्ट,जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी सोमेन्द्रसिंह राठौर,वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्णप्रसाद बिष्ट,इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सोरप छिरिगं तामाङ,केन्द्रका कोषाध्यक्ष रामप्रसाद कोइराला, अच्युत मिश्र,नवराज कोइराला लगाएतको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -