February 6, 2025
- ADVERTISEMENT -

आजदेखि पशुपतिनाथमा भक्तजनलाई पूजा गर्न रोक

April 23, 2021

काठमाडौं / पशुपतिनाथ मन्दिरमा भक्तजनहरुले पूजा गर्न नपाउने भएका छन् । कोरोना भाइरसका संक्रमित वृद्धि भएसँगै पशुपतिनाथ मन्दिरमा पूजाआजाका लागि भक्तजनलाई शुक्रबारबाट रोक लगाइएको व्यवस्थापन पक्षले जनाएको छ ।
अर्को व्यवस्था नहुन्जेल भक्तजनले पशुपतिनाथमा पूजाआजा गर्न नपाउने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपतिनाथ मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने व्यवस्था गरिएको कोषका कोषाध्यक्ष मिलनकुमार थापाले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -