२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

जनजातिलाई लक्षित गरी ‘गोरखा फेन्सी’ को शुभारम्भ

प्रकाशित मिति : २०७८ बैशाख ११ गते
- ADVERTISEMENT -

चितवन / भरतपुर—११, बसेनीचोकबाट १५० मिटरभित्र ‘गोरखा फेन्सी’ को शुभारम्भ गरिएको छ । विशेषतः जनजातिलाई लक्षित गरी उक्त फेन्सी खोलिएको संचालक सन्जु गुरुङले जानकारी दिए ।
संचालक गुरुङका अनुसार जनजातिलाई आवश्यक पर्ने हरेक प्रकारका सामग्रीहरु खादा, लुङ्दा, ढाकाका पछ्यौरा, गुरुङ डे«श, महिला पोशाकहरु टिसर्ट, वान पिस, लुङ्गीलगायतका फेन्सी कपडाहरु उपलब्ध गरिएको छ ।
शुक्रबारबाट संचालनमा आएको उक्त फेन्सीमा हाल १२ लाख लगानी रहेको छ । अहिले कोभिड १९ को महामारी रहेको र यस्तो विषम परिस्थितिमा थोरै लगानीबाट सुरु गरेको उनको भनाइ छ । समय सहजहुँदै गएमा व्यवसायलाई अझ बढी परिस्कृत गर्ने सोच रहेको उनले बताइन् ।
उनले शुभारम्भदेखि एक हप्तासम्म १० प्रतिशतसम्म छुट दिइएको बताइन् । सबै जनजातिहरुलाई एकपटक गोरखा फेन्सी भिजिट गरी दिन समेत उनले आग्रह गरेकी छिन् ।

- ADVERTISEMENT -