२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

खनाल सेवा समितिद्वारा २०७८ को भित्तेपात्रो लोकार्पण

प्रकाशित मिति : २०७८ बैशाख १२ गते
- ADVERTISEMENT -

चितवन / खनाल सेवा समिति केन्द्रीय समिति भरतपुर चितवनले नव वर्षको शुभकामना आदानप्रदान तथा २०७८ को भित्तेपात्रो लोकार्पण गरेको छ ।
भित्तेपात्रो लोकार्पण कार्यक्रमका प्रमुख अतिथि तथा ज्येष्ठ नागरिक दण्डपाणि खनालले सबै खनाल बन्धुहरुलाई एकजुट हुन आग्रह गरे ।
विश्वभरि फैलिएका खनाल बन्धुहरुलाई एकीकृत गर्ने उद्देश्यले संस्थाको स्थापना गरिएको अध्यक्ष केदारनाथ खनालले जानकारी दिए । समितिका उपाध्यक्ष बामदेव खनालले विश्वामित्र स्वामीको आश्रम बनाउन पहल गर्ने बताए ।
कार्यक्रममा खनाल सेवा समिति मकवानपुरका अध्यक्ष जनार्दन खनाल, सिम्पानि खनाल समाज चितवन÷नवलपुरकी सचिव अनिता खनाल, संस्कृति संरक्षण एवम् उत्थान चितवनका अध्यक्ष अर्जुन खनाल, समितिका सल्लाहाकार प्रा. डा. नारायण प्रसाद खनाल, केन्द्रीय सदस्य जगदिश्वर खनालले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रम केन्द्रीय समितिका सचिव रबिभद्र शर्मा खनालले संचालन गरेका थिए भने अध्यक्ष केदारनाथ खनालको सभापतित्वमा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -