२०८२ बैशाख २९, सोमबार
May 12, 2025
२०८२ बैशाख २९, सोमबार
May 12, 2025 Monday

ठिमुराको पुल भांँचिएपछि काशी पुगे ठेकदार

प्रकाशित मिति : २०७८ बैशाख १२ गते
- ADVERTISEMENT -

चितवन / ठिमुरा देवघाट जोड्ने त्रिशुली नदी माथि बनिरहेको पक्की पुल भाँचिएपछि एक निमार्ण व्यवसायी भारतको काशी पुगेका छन ।
पुल भांँचिएपछि करौडौंको नोक्सान र आलोचना खेप्न नसकी उनी तनाव मुक्त गर्न काशी गएको बताईएको छ । पुल भाँचिएपछि विभिन्न निकायको दवाव थेग्न नसकेपछि उनी अहिले सम्पर्कमा नरहेको सडक डिभिजनका एक अधिकारीले बताए ।
चितवनको ठिमुरा देखी तनहुँको देवघाट जोड्ने पुलको ढलान गरिएको ४०/४० मिटरको दुई वटा स्ल्याव झण्डै ३ हप्ता अगाडी भाँचिएको थियो । इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभी गरी तीन कम्पनी मिलेर बनाउँदै गरेको पुल ढलान गरेको २१ दिनको दिनमा भत्किएको हो ।
प्रिस्टेसिङका क्रममा रहेको ४० मिटरको पुलको स्ल्याव भत्किदा अर्को १ वर्ष अगाडी ढलान गरिसकेको ४० मिटरको भागसमेत भत्किएको थियो । पुल २२० मिटर लामो र ८.५ मिटर चौडाइको बन्ने क्रममा रहेको थियो । पुलको एक खण्डमा ट्रसको काम भैरहेको थियो ।
पुलको चारवटा स्पानमध्ये मुख्य भागमा ८० मिटर लामो स्टिलको ट्रस्ट संरचना बनिरहेको छ । बिभागका अधिकारीहरुले भने भूकम्पको धक्काका कारणले पुल भत्किएको भन्दै निमार्ण ब्यवसायीलाई जोगाउने प्रयास गरेका छन् ।

- ADVERTISEMENT -