२०८२ माघ ४, आईतवार
January 18, 2026
२०८२ माघ ४, आईतवार
January 18, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कोहलपुरमा आजबाट एक साता लकडाउन

प्रकाशित मिति : २०७८ बैशाख १२ गते
File Photo.
- ADVERTISEMENT -

बाँके / विगत ३ दिनदेखि लकडाउन भइरहेको बाँकेको नेपालगन्ज सँगै अब कोहलपुरमा पनि लकडाउन हुने भएको छ । बाँकेको कोहलपुर नगरपालिकामा आज आइतबार राती १२ बजेदेखि लागु हुने गरी लकडाउन हुने भएको हो ।
नगरपालिका क्षेत्रमा दैनिक कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि एक साताका लागि लकडाउन गर्ने निर्णय भएको हो ।
शनिबार दिउँसो बसेको कोहलपुर नगरपालिका स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागु हुने गरी आगामी वैशाख १९ गते राति १२ बजे सम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
कोहलपुरमा कोरोना संक्रमण दैनिक रुपमा बढ्न थालेपछि कोरोना सङ्क्रमणको चेन तोड्नको लागि लडाउन गर्ने निर्णय गरिएको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताउनुभयो ।
उहाँका अनुसार सङ्क्रमितको उपचार तथा व्यवस्थापनका लागि २५ बेडको अक्सिजन सहितको अस्पताल सञ्चालनमा ल्याइनेछ । शनिबारसम्मको तथ्याङ्क अनुसार कोहलपुरमा २ सय ६१ जना कोरोना संक्रमित छन् ।
तीमध्ये १ सय ५४ जना पुरुष र १ सय ७ जना महिला रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ । अहिले कोहलपुरमा ९ जना संक्रमित कोभिड अस्पतालमा उपचाररत छन् ।
अन्य संक्रमित भने होम आइसोलेसनमा रहेको कोरोना फोकस पर्सन गेहराज खनालले बताउनुभयो । उहाँका अनुसार पछिल्लो एक सातामा कोहलपुरमा कोरोनाका कारण ५ जनाको मृत्यु भइसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -