चितवन / नारायणगढको लायन्सचोक नमस्ते मिनिपार्क नजिकै ‘प्याराडाइज बाई लि प्याराइसो’ रेष्टुरेण्ट एण्ड क्याफे सञ्चालनमा आएको छ । स्वाद पारखीका लागि स्पेनिस मोडल र विभिन्न परिकारसहित ‘प्याराडाइज बाई लि प्याराइसो’ रेष्टुरेण्ट एण्ड क्याफे सञ्चालनमा ल्याइएको आइतबार प्रेस सम्मेलन मार्फत जानकारी गराइयो ।
प्याराडाइज क्याफेका संचालक महेन्द्र विक्रम अधिकारीका अनुसार करीब ४ वर्षअघि यो क्याफे सञ्चालनमा आएपनि सेवा विस्तार र नयांँ व्यवस्थापनसहित आइतबारबाट थप परिस्कृत ढंगबाट सञ्चालनमा ल्याइएको हो । क्याफे सञ्चालनमा उनको एकल लगानी रहेको छ ।
उनले क्याफेमा हालसम्म गरी ७५ लाख लगानी भइसकेको बताए । बजार क्षेत्रका व्यवसायी तथा कार्यालयका कर्मचारीलाई लक्षित गरी क्याफे सञ्चालनमा ल्याइएको अधिकारीको भनाइ छ ।
भरतपुर र नारायणगढका व्यवसायी तथा सेवाग्राहीलाई लक्षित गरिएको र सेवालाई विस्तार गर्दै टेकअवे र निःशुल्क होमडेलिभरीको पनि सुविधा दिँदै आएको उनले भने । होटल म्यानेज्मेण्टमा स्नातक गरी चीनबाट इन्टर्नसीप गरी नेपालमै केही गरौँ भन्ने उद्देश्यका साथ क्याफे सञ्चालनमा ल्याइएको उनले बताए ।
क्याफेमा हाल बिशेष परिकारको रुपमा थकाली खाना, कन्टिनेन्टल, चाइनिज , इन्डियन परिकार पाइनेछ । सेवाग्राहीलाई थप मनोरञ्जन दिने उद्देश्यले हरेक सांँझ लाईभ म्युजिकको व्यवस्था गरिएको छ ।
‘हामीले यस क्याफेलाई विभिन्न भागमा वर्गीकरण गरेका छौं’, उनले भने, ‘पूर्ण पारिवारिक वातावररणको साथै सबै उमेर समुहलाई लक्षित गर्दै खाना तथा कफीका विभिन्न स्वादको सेवा दिएका छौं ।’
निकट भविष्यमै चितवनका बसपार्कहरुमा टेकअवे सिष्टमको सेवा सहित क्याफे खोल्ने योजना रहेको सञ्चालक अधिकारीको भनाई छ । ‘चाडैँ नै हामीले पोखराबसपार्क, भरतपुर वसपार्कमा यसको शाखा स्वरुप टेकअवे सिष्टम सुविधा सहित क्याफे खोल्दैछौं’, उनले भने, हाम्रो उद्देश्य नाफा कमाउने उद्धेश्यमात्र नभई सेवाग्राहीलाई सेवा दिन र रोजगारी सिर्जना गर्नुपनि हो ।’
एकैपटक ८० जनालाई सम्म सेवा दिनसक्ने यस क्याफेमा ८ जना कर्मचारी रहेको क्याफेका प्रबन्धक प्रतीक घिमिरेले जानकारी दिए । अन्य रेष्टुरेण्टमा भन्दा फरक खालका परिकार र गुणस्तरीय सेवा दिइएकाले सेवाग्राहीको आकर्षण बढ्दै गएको घिमिरेको भनाइ छ ।
कोरोनाको कहरका समयलाई मध्यनजर गरी क्याफेमा मास्क , सेनिटाइजर र सामाजिक दुरी कायम गरी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गरिएको उनले भने ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

स्पेनिस मोडलमा ‘प्याराडाइज क्याफे’ को शुभारम्भ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.76
145.36

European Euro
1
170.70
171.41

UK Pound Sterling
1
196.72
197.54

Swiss Franc
1
186.09
186.86

Australian Dollar
1
101.01
101.43

Canadian Dollar
1
105.78
106.22

Singapore Dollar
1
113.68
114.16

Japanese Yen
10
9.22
9.26

Chinese Yuan
1
20.86
20.95

Saudi Arabian Riyal
1
38.60
38.76

Qatari Riyal
1
39.61
39.77

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
39.41
39.58

Malaysian Ringgit
1
36.67
36.82

South Korean Won
100
9.87
9.91

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
22.86
22.95

Hong Kong Dollar
1
18.52
18.60

Kuwaity Dinar
1
473.69
475.65

Bahrain Dinar
1
383.97
385.56

Omani Rial
1
376.02
377.58












