गैंडाकोट / नयाँ भेरियन्ट सहितको कोभिड १९ भाईरसको संक्रमण बढेसँगै गैंडाकोट नगरभित्रका विद्यालयहरू वैशाख २८ सम्म बन्द हुने भएका छन् ।
नेपालमामा हाल देखा परेको नयाँ भेरियन्ट सहितको कोरोना भाईरसको कारण विद्यार्थी, शिक्षक तथा अभिभावकको स्वास्थ्यलाई मध्यनजर गर्दै नगरशिक्षा समिति गैंडाकोटमा सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।
देवचुलीका विद्यालयहरु पनि बन्द
यसैबीच नेपाल लगाएत विश्वभर देखिएको नयाँ भेरियन्टसहितको कोरोना भाईरसको संक्रमण देवचुलीमा पनि देखिएको भन्दै देवचुली नगरपालिकाका विद्यालयहरु बैशाख १९ गतेसम्म बन्द हुने भएका छन् । वैशाख १९ गतेसम्म वार्षिक परीक्षाको तयारी बिदा रहने विद्यालय बन्द रहने नगरपालिकाले जनाएको छ ।
त्यस्तै नगरपालिकाले सोमबार जारी गरेको सूचना अनुसार होटल तथा रेष्टुरेन्टहरु बिहान ८ देखि बेलुकी ८ बजे सम्म मात्रै खोल्न पाईने, २५ जनाभन्दा धेरै जम्मा भएर कुनै प्रकारका कार्यक्रमहरु गर्न नपाइने, मठ मन्दिर, चर्च , मस्जिद लगाएतका धार्मिक स्थलमा नित्य पुजा आजा बाहेकका अन्य कार्यक्रम गर्न नपाइने जनाइएको छ ।
जिल्लामा कोरोना संक्रमण बढेको भन्दै जिल्लाका अन्य स्थानीय तहले पनि विद्यालय लगाएतका क्षेत्रहरु बन्द गर्न सुरु गरेका हुन् । आइतबार मात्रै कावासोती नगरपालिकाले शुक्रबारसम्मका लागि भन्दै विद्यालय र हाट बजार बन्द गरेको थियो ।
- ADVERTISEMENT -

गैंडाकोटका विद्यालयहरु वैशाख २८ सम्म बन्द
April 26, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
