२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

‘तत्काल निषेधाज्ञा हुदैन’ – प्रजिअ लामिछाने

प्रकाशित मिति : २०७८ बैशाख १४ गते
- ADVERTISEMENT -

चितवन / कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) ले शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित पुगे निषेधाज्ञा गर्न सिफारिस गरे पनि चितवनमा भने तत्काल लागु नहुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले तत्काल निषेधाज्ञा नहुने जनाएको हो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जिल्लामा तत्काल नै निषेधाज्ञा गर्ने निर्णय नभएको बताए ।
सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसिसिएमसी) बैठकमा पनि यस बिषयमा छलफल भएको थियो । बैठकले पनि तत्काल यस बारे निर्णय नगरेको प्रजिअ लामिछानेले बताए ।
अहिले निषेधाज्ञा भन्दा पनि अन्य सचेतना अभियानमा जोड दिइने उनले बताए । संक्रमण बढ्दै गएमा भने यसबारे थप निर्णय गरिने उनको भनाइ छ । “तत्काल निषेधाज्ञा हुँदैन, अहिले निषेधाज्ञा भन्दा पनि अन्य सचेतना अभियानलाई व्यापक बनाउने हो उनले भने, जोखिम बढ्दै गए यस बारे थप निर्णय गर्नेछौं ।”
उनका अनुसार महानगरमा सक्रिय संक्रमित एक हजार र अन्य पालिकामा २०० पुगेपछि जोखिमलाई मध्येनजर गर्दै थप निर्णय गरिनेछ । उनले अत्यावश्यक काम बाहेक घर बाहिर नजान भने आग्रह गरे ।

- ADVERTISEMENT -