२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

हाजिर गरेर बस्छन् लोकसेवा आयोगका कर्मचारी

प्रकाशित मिति : २०७८ बैशाख १४ गते
- ADVERTISEMENT -

मकवानपुर / नेपालको संविधानको धारा २४४ ले प्रत्येक प्रदेशमा प्रदेश लोकसेवा (लोसे) आयोग रहने व्यबस्था गरेको छ । सोही बमोजिम प्रदेश लोकसेवा आयोग ऐन, २०७६ कार्यान्वयनमा आएपश्चात् २०७६ मंसिर २ गते अध्यक्षको नियुक्तिपछि लोकसेवा आयोग बागमती प्रदेश गठन भएको र माघ ६ गते सदस्यद्वयको नियुक्तिपछि प्रदेश लोकसेवा आयोग, बागमती प्रदेशले पूर्णता पाएको छ ।
प्रदेश लोकसेवा आयोग गठन भएपछि प्रदेशका १३ जिल्लामा सरकारी कर्मचारीको रिक्त पदपूर्तिका लागि प्रदेश लोकसेवा आयोग बागमती प्रदेशले काम गर्दै आएको छ । प्रदेश लोकसेवा आयोग स्थापनापछि संघीय लोकसेवा आयोगमा हुने चाप कम भएको कार्यालयकी लेखापाल दीपिका खनालले जानकारी दिइन् ।
प्रदेश लोकसेवा आयोग गठनपर्व नारायणी अञ्चलका सबै जिल्ला हेर्ने जिम्मेवारी पाएको संघीय लोकसेवा आयोगबाट हाल ३ जिल्लामा संघीय कर्मचारीको मात्र काम गर्ने गरेको खनालले बताइन् । संघको खरिदारको विज्ञापन, नेपाल विद्युत् प्राधिकरणको विज्ञापन तथा नेपाल आर्मीको विज्ञापन, छनौट तथा परीक्षाका लागि संघीयलोकसेवा आयोग हेटौंडाले काम गर्ने गरको उनको भनाइ छ। अञ्चलअन्तर्गत् एक लोकसेवा आयोग रहने नियममा हेटौंडामा संघीय लोकसेवा आयोग स्थापना भएको थियो । प्रदेश लोकसेवा आयोग स्थापनाअघि अञ्चल लोकसेवा आयोगको नाममा स्थापना भएको कार्यालयबाट हाल तीन जिल्लामात्र हेर्ने गरिएको छ।
सिन्धुली, चितवन र मकवानपरमा संघीय कर्मचारी समायोजन तथा विज्ञापनमा काम गर्ने गरिएको छ। प्रदेश स्थापनापछि संघीय लोकसेवा आयोगलाई सहज हुने गरेको लेखापाल खनालले बताइन् । उनले भनिन् पहिले सबै विज्ञापनहरु यहींबाट हुन्थ्यो । हाल तीन जिल्लाका मात्र यहाँबाट हुन्छ। काम गर्न सजिलो छ। एकै ठाउँबाट सबै काम हँदा फितलो हुन गर्यो। अहिलेत्यस्तो छैन । निक सहज वातावरणमा काम गर्न पाएका छौ। संघीय लोकसेवा आयोगका उपसचिव तेपप्रसाद दाहाल लोकसेवा आयोग केन्द्रीय कार्यालयमा आयुक्तको पद रिक्त रहेका कारण हाल कार्यालयमा आउने हाजिर गरेर फर्कनेमात्र काम भएको बताउँछन्।
केन्द्रमा आयुक्तहरुको पदपूर्ति भएमात्र विज्ञापनहरु खुल्ने हुन् । चैत ६ गतेदेखि पूर्व आयुक्तहरुको ६ वर्षे कार्यकाल सकिएर पद रिक्त छ। रिक्त रहेको पदपूर्ति नभएसम्म हाम्रो केही काम नै हुँदैन । हामीले केन्द्रमातहत रहेर काम गर्नुपर्ने भएको र प्रदेश लोकसेवा कार्यालय स्थापना भएका कारण हामीलाई निकै सहज भएको छ,ु उपसचिव दाहालले भने । हाल हेटौंडामा रहेको संघीय लोकसेवा आयोगमा ९ कर्मचारी छन्। ६ जनास्थायी कर्मचारी छन् भने ३ जना अस्थायी कर्मचारी छन् । नेपालको संविधानको धारा २४४ को उपधारा (१) मा प्रत्येक प्रदेशमा प्रदेश लोकसेवा आयोग रहनेछ भन्ने व्यबस्था छ।
संघीय सरकारको प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) ऐन, २०७५ बमोजिम आधार र मापदण्डलाई आत्मसात् गर्दै आयोग गठन, काम, कर्तव्य, अधिकार र कार्यविधिका सम्बन्धमा व्यबस्था गर्न प्रदेश लोकसेवा आयोग ऐन, २०७६ बागमती प्रदेशको प्रदेशसभाबाट २०७६ भदौ २८ गते पारित भएर प्रदेश प्रमुखबाट २०७६ असोज २८ गते प्रमाणीकरण थियो।
प्रमाणीकरणपछि बागमती प्रदेशमै पहिलो पटक लोकसेवा आयोगको परीक्षा सञ्चालन भएको छ। यसरी गरिएको परीक्षाले सरकारी कामकारबाही अझ चुस्तदुरुस्त बनाउने प्रदेश लोकसेवा आयोग बागमती प्रदेशको दाबी छ।
२००७ सालमा देशमा प्रजातन्त्र स्थापनासँगै निजामती कर्मचारीको निर्याक्त छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्धेश्यले २००८ असार १ गते लोकसवा आयोग स्थापना भएको हो । आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ। आजको हेटौँडा सन्देश दैनिकमा समाचार छ ।

- ADVERTISEMENT -