२०८२ असार ३२, बुधबार
July 16, 2025
२०८२ असार ३२, बुधबार
July 16, 2025 Wednesday

खाल्डोमा डुबेर एक जनाको मृत्यु

प्रकाशित मिति : २०७८ बैशाख १४ गते
File Photo.

मकवानपुर / मकवानपुरको हेटौँडामा निर्माणाधीन पुलको खाल्डोमा डुबेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुपाल्चोक मेलम्ची घर भई हाल हेटौँडा–१२ बस्ने २६ वर्षीय दिनेश दङ्गाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएक्को छ ।
उनी सोमबार दिउँसो हेटौँडा उपमहानगरपालिका वडा नम्वर १३ मा निर्माणाधिन पुलको खाल्डोमा डुबेर बेपत्ता भएका थिए ।
पुलको खाल्डोमा डुबेर बेपत्ता भएका उनको नेपाल प्रहरी र सशस्त्र प्रहरीको पौडी टोलीले सोमबार राति अबेर शव फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -