February 6, 2025
- ADVERTISEMENT -

हेटौंडामा आजबाट जोरविजोर प्रणाली लागू 

April 28, 2021
File Photo.

हेटौंडा / कोरोना भाइरस (कोभिड १९) को संक्रमण दर अप्रत्यासित रुपमा बढ्न थालेपाछि मकवानपुरमा बुधबारबाट लामो दुरी र अत्यावश्यक सेवा बाहेकका सबै सवारी साधनमा जोरविजोर प्रणाली कढाईका साथ लागू हुने भएको छ । मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोभिड संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लामो दुरीका सवारी, सरकारी र अत्यावश्यक सेवा बाहेक सबै सवारीमा बुधबारबाटै जोरविजोर प्रणालीलाई कढाईका साथ लागू गर्ने निर्णय गरेको हो ।
यसअघि गत शुक्रबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण बढेपछि आइतबारबाट लागू हुनेगरी जोरविजोर प्रणाली लागू गरेको थियो । मकवानपुरमा पछिल्लो दुई हप्ता यता कोरोना संक्रमणको दर अप्रत्यासित ढंगले बढिरहेको छ । स्वास्थ्य, खानेपानी, खाद्यान्न, तरकारी, फलफूल, दूध, बैंक तथा वित्तिय संस्था, दुरसञ्चार, फोहोरमैला बाहेकका सबै सवारीमा जोरविजोर प्रणाली लागू हुनेछ । अर्को निर्णय नभएसम्मका लागि जिल्लामा लामो दुरी, सरकारी तथा अत्यावश्यक सेवा बाहेकका सवारीमा जोरविजोर लागू गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।
यस्तै ब्यूटीपार्लर, सैलुन र मदिरा व्यवसाय पनि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिने भएको छ । सेवाग्राहीको अत्याधिक भिड हुने राष्ट्रिय परिक्षा बोर्ड शाखा कार्यालय, यातायात व्यवस्था सेवा कार्यालयको आन्तरिक कार्य बाहेक सबै प्रकारका सेवा पनि अर्को सूचना नहुन्जेलसम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -