नेपालगन्ज / भेरी अस्पताल नेपालगन्जमा कार्यरत ७ चिकित्सकसहित ७० जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । ओटी, इमर्जेन्सी, पारामेडिक, आईसीयूमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना लागेको हो । जसमा ७ जना इमर्जेन्सीमा कार्यरत चिकित्सक छन् । ‘हामीले नर्मल बिरामीलाई भर्ना लिएकै छैनौं,’ डा. राजन पाण्डेले भने, ‘बिरामीले बेड नपाइरहेको अवस्थामा चिकित्सकले अस्पतालमा बस्ने कुरा भएन ।’
अस्पतालमा कोभिड बिरामीका लागि २ सय बेड बनाइएको छ । वार्डका कुनाकाप्चामा समेत बेड थपेर बिरामीको उपचार भइरहेको छ । ‘सामग्रीको अभाव त खासै छैन । प्रमुख कुरा जनशक्ति अभाव हो,’ अस्पताल प्रमुख डा. प्रकाश थापाले भने, ‘महामारी सुरु भएदेखि नै कम जनशक्ति अनि स्रोतसाधनको अभावका बीच स्वास्थ्यकर्मीले काम गर्न छाडेका छैनन् ।’
अस्पतालमा हाल करिब ४ सय स्वास्थ्यकर्मी कार्यरत छन् । गत वर्ष कोरोना उपचारका लागि छुट्याइएका चिकित्सक तथा नर्सले निरन्तर काम गरिरहेका छन् । संक्रमित भएपछि आइसोलेसनमा बस्ने र निको भएपछि फेरि उनीहरू काममै फर्किने गरेका छन् । ‘यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
७० स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
