२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

चितवनमा थप १२१ मा कोरोना संक्रमण, कुल संख्या ५७९ जना

प्रकाशित मिति : २०७८ बैशाख १५ गते
- ADVERTISEMENT -

चितवन / चितवनमा थप १२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार गरिएको परीक्षण अनुसार चितवनका ५४ जना पुरुष र ६७ जना महिलामा कोभिड-१९ पुष्टि भएको हो ।
भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका ४९ जना र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ सङ्क्रमितहरुमध्ये ९२ जना भरतपुर महानगरपालिकाको विभिन्न वडाका रहेका छन् । त्यस्तै रत्ननगरका २० जना, खैरहनीका ६ जना, राप्तीको १, कालिकाको १ र ईच्छाकामना गाँउपालिकाको १ जना रहेका छन् ।
योसँगै चितवनमा सक्रिय सङ्क्रमितको सख्या पाँच सय नाघेको छ । स्वास्थ्य कार्यालय चितवनकाअनुसार चितवनमा सक्रिय काेराेना सङ्क्रमितकाे सङ्ख्या ५७९ पुगेकाे छ ।

- ADVERTISEMENT -