April 29, 2025

चितवनमा १५ दिन निषेधाज्ञा, अत्यावश्यक पसल ३ घण्टा खुल्ने

April 30, 2021
File Photo
- ADVERTISEMENT -

चितवन / चितवनमा आज शुक्रबारदेखि निषेधाज्ञा जारी गरिएको छ । विश्वभर कोरोना भाइरस संक्रमित बढ्दै गएको र नेपालमा पनि महामारीको रुप लिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले आजबाट निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार बिहीबार बैशाख १६ गते राति १२ बजेदेखि ३१ गतेसम्मका लागि (१५ दिनसम्म) निषेधाज्ञा जारी भएको हो ।
निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक हिँडडुल र सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु बिक्री गर्ने पसलहरु बिहान ६ बजेदेखि ९ बजेसम्म मात्रै खुल्न पाउने भएका छन् ।
निषेधाज्ञामा तरकारी, फलफुल, खाद्यान्न, माछा, मासु, अण्डा, पानी र निर्माण सामग्री बिक्री वितरण गर्ने पसल हाल बिहान ६ बजेदेखि बिहान ९ बजेसम्म मात्र संचालन गर्न पाइने भएको छ ।

- ADVERTISEMENT -