भारतबाट घर फर्कने लहर चल्यो
काठमाडौं । भारतमा कोरोनाको संक्रमण तीव्र रुपमा फैलिन थालेपछि महाराष्ट्रलगायत विभिन्न राज्यमा मजदुरीका लागि गएका नेपालीहरू घर फर्कने क्रम बढेको छ। सुदूरपश्चिमका मुख्य दुई नाका गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट दिनहुँ १ हजारभन्दा बढी नेपाल भित्रिरहेका छन्। नेपाल भित्रिरहेकामा जाँच गर्दा कोरोनाको संक्रमण देखा परेको छ। दोस्रो लहरमा तीव्र रुपमा कोरोनाको संक्रमण फैलिरहेका शहरवाट नेपाल भित्रिरहेकाहरूबाट सुदूरपश्चिममा समुदायमा संक्रमण फैलिने जोखिम उच्च बढेको छ।
गत वर्ष भारतमा कोराना संक्रमण देखा पर्न थालेपछि त्रासले नेपालीहरू घर फर्कने लहर चल्यो। नेपालमा पनि कोरोनाको संक्रमण देखा परेपछि गत वर्ष चैत ११ गतेदेखि सरकारले लकडाउन गर्दै अन्तर्राष्ट्रिय सीमानाका बन्द गर्यो। भारतका विभिन्न सहरबाट घर फर्कन आएका नेपालीहरू सीमानजिकका भारतीय बजारका क्वारिन्टनमा करिब २ महिना बढीसम्म बसे । भारतमा रहेका नेपालीहलाई प्रवेश गर्न दिएपछि नेपाल भित्रिनेको घुइँचो लाग्यो। मरे पनि आफ्नै भूमिमा मर्ने भनेर घर फर्केकाहरू स्वदेशमा रोजगार नपाएर परिवारमा बालबच्चाको पेट पाल्न नै समस्या भएपछि भदौ महिनादेखि पुन भारततिर जाने लहर चलेको थियो। भारतमा नयाँ प्रकारको कोरानाको भाइरसको संक्रमण देखा परेको र तीव्र रुपमा संक्रमण फैलिएपछि पुन नेपाल फर्कन थालेका छन्।
सोमबार सुदूरपश्चिममा गौरीफन्टा र गड्डाचौकी नाकाबाट १३ सय ३४ जना भारताबाट भित्रिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए। पछिल्लो एक सातामा ७ हजार ५६ जना भारतबाट यी नाका हँुदै सुदूरपश्चिम भित्रिएको उनले बताए। ‘भारतबाट सुदूरपश्चिम भित्रिनेको संख्या केही दिनयता बढ्दै गएको छ,’ उनले भने। सुदूरपश्चिममा नयाँ वर्षको अवसरमा मनाइने बिसु पर्वका लागि र भारतमा कोरानाको संक्रमण तीव्र रुपमा फैलिएको कारणसमेत घर फर्कने बढेको उनी बताउँछन्।
तर स्वास्थ्य कार्यालय कैलालीले मंगलबारबाट आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ। भारतबाट आएका लक्षण देखिएका संक्रमितलाई उक्त आइसोलेसनमा राखिएको समाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए। धनगढी उप–महानगरपालिका वडा नम्बर १५ कनरीमा रहेको जडीबुटी प्रशोधन केन्द्रमा बनाइएको आइसोलेसन सेन्टरमा करिब ५० जना संक्रमित राखिएको उनले बताए। भारतबाट आएका ३ जना नेपालीमा नयाँ प्रकारको कोरोना संक्रमण पनि देखा परेको उनले बताए।
कञ्चनपुरको गड्डाचौकी नाकाबाट आउनेहरूलाई भने महाकाली अस्पतालको आइसोलेसनमा राख्ने निर्णय गरिएका स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए। संक्रमण पुष्टि भएका तर सुरक्षित तरिकाले आफ्नो घर जान नसक्ने व्यक्तिलाई १० दिनसम्म आइसोलेसन सेन्टरमा राख्ने गरिएको छ भने होम आइसोलेसनमा वस्न चाहनेलाई सीमाबाट छुट्टै गाडीमा घर पठाइने गरिएको उनले बताए। आजको नागरिक दैनिकमा समाचार छ ।
कोरोनाले भारतबाट घर फर्कने दिनहुँ हजार बढी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
