December 4, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नक्कली नोट कारोबार आरोपित चार जनालाई थुनामा राख्ने आदेश

May 1, 2021
File photo.

चितवन / चितवनमा नक्कली नोटसहित पक्राउ परेका चार जनालाई पूर्पक्षको लागि थुनामा राख्न आदेश भएको छ । चितवन जिल्ला अदालतबाट शुक्रबार थुनामा राख्न आदेश भएको हो ।
उनिहरुलाई शुक्रबार नै कारागार कार्यालय चितवनको थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गत चैत ६ गते भरतपुर म.न.पा. वडा नं १ नारायणी पथबाट नक्कली नोट सहित पक्राउ परेका जिल्ला काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका वडा नं ८ बस्ने वर्ष २९ को देवेन्द्र राई र सोही स्थान बस्ने वर्ष १९ को पवन राई समेत उपर सङ्गठित अपराध मुद्दा दर्ता गरी अनुसन्धान पश्चात सम्मानित चितवन जिल्ला अदालतमा पेश गरेका थिए ।
काभ्रेपालञ्चोक मण्डनदेउपुर नगरपालिका वडा नं८ बस्ने वर्ष २९ को देवेन्द्र राई, काभ्रेपालञ्चोक मण्डनदेउपुर नगरपालिका वडा नं८ बस्ने वर्ष १९ का पवन राई,सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं.१३ बस्ने वर्ष २८ का विश्वराम राईर जिल्ला सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं.१३ बस्ने वर्ष २४ का राजाराम दनुवारलाई थुनामा राखिएको हो ।

- ADVERTISEMENT -