चितवन / भरतपुर आसपासका विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जारी गरेको सूचना अनुसार आज (आइतबार) बिहान ९ बजेदेखि २ बजेसम्म (आज ५ घण्टा) विद्युत अवरुद्ध हुने भएको हो ।
वितरण केन्द्र अन्तर्गत भरतपुर टर्मिनल बसपार्कदेखि गोन्द्राङसम्म सडक डिभिजन कार्यालय चितवनबाट छ लेन सडक बिस्तार गर्न विद्युत संरचना सार्ने कामका लागि सो आसपासका क्षेत्रहरुमा विद्युत कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
भरतपुर २ फिडर र औद्योगिक १ फिडर र आसपासका क्षेत्रमा विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका सुपरभाइजर विनोद ढकालले जानकारी दिए ।
- ADVERTISEMENT -

भरतपुरमा ५ घण्टा विद्युत अबरुद्ध
May 2, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
