February 6, 2025
- ADVERTISEMENT -

मकवानपुरमा आजदेखि निषेधाज्ञा

May 2, 2021

मकवानपुर / मकवानपुरमा आज (आइतबार) देखि निषेधाज्ञा लागू हुने भएको छ । कोरोना संक्रमण जिल्लामा बढ्दै गएपछि बैशाख १९ गते राति १२ः०० बजेदेखि वैशाख ३१ गते राति १२ः०० बजेसम्मका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला संकट व्यवस्थापन केन्द्रको जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको बैठकले जनभावना अनुसार नै निषेधज्ञा लागू गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । निषेधाज्ञामा औषधि उपचार, खाद्य वस्तु तथा अत्यावश्यक वस्तु खरीद गर्न नजिकका पायक पर्ने स्थानमा जानबाहेक अनावश्यक काम हिँडडुल गर्न नपाइने भएको छ ।
अत्यावश्यक उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी) बिक्रीवितरण गर्ने पसल बिहान ५ देखि ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ । औषधि पसल, पेट्रोल पम्प, ग्यास डिपो, अक्सिजन सिलिन्डर पसल, सवारी साधन मर्मत गर्ने तोकिएका वर्कशप नियमित सञ्चालन गर्न पाइने प्रजिअ पाण्डलेको भनाइ छ ।
जिल्लामा एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर, स्वास्थ्य सामग्री र अक्सिजन ढुवानी गर्ने साधन, शववाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपक्षीका दाना बोक्ने गाडी, कृषि मल तथा बीउबिजन बोक्ने गाडी, औद्योगिक कच्चा पदार्थ र तयारी उत्पादन बोक्ने गाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दूरसञ्चार, विद्युत्, इन्टरनेट सेवा प्रवाह गर्ने सवारी साधन तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र जिल्ला प्रशासन कार्यालयहरूबाट अनुमति प्राप्त सवारी साधन मात्र संचालन गर्न पाइने भएको छ । अन्य कुनै पनि प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा भने रोक लगाएको छ ।
त्यस्तै, बैंक, वित्तीय संस्था तथा सहकारीबाट प्रदान गरिने सेवा जनस्वास्थ्यका मापदण्ड अनिवार्य अवलम्बन गरी भीडभाड नहुने गरी आलोपालो विधिबाट बिहान ९ देखि अपरान्ह ४ बजेसम्म मात्र सञ्चालन गर्न पाइने प्रजिअ पाण्डेले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -