February 6, 2025
- ADVERTISEMENT -

कारभित्र तीन बालकको शव फेला

May 2, 2021
Photo : Nepal Samay

दाङ / दाङमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेटको कारभित्र तीन जना बालकहरुको शव फेला परेको छ ।उनीहरू सबै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बरूवा गाउँका हुन्।
इलाका प्रहरी कार्यालय तुलसीपुर प्रहरीका अनुसार, कारभित्र मृत भेटिएका स्थानीय किरण परियारका छोरा ६ वर्षीय करण परियार तथा स्थानीय सन्तोष परियारका छोरा ७ वर्षीय सुवास भनिने सुवर्ण परियार र सोही ठाउँका स्थानीय भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दिप परियार हुन्।
शवलाई परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ । शवको परीक्षण कहाँ गर्ने भन्ने यकिन भइसकेको छैन।
अभिभावकहरूले आफ्ना छोराहरू वैशाख १६ गतेदेखि हराइरहेको बताएका छन्। उनीहरूले १७ गते प्रहरी कार्यालयमा छोराहरू खोजिदिन निवेदन पनि दिएका थिए।
तीन बालकको शव एकै कारभित्र फेला परे पनि घटनाबारे अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन। उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको तुलसीपुर प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -