February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपालमा थप ७२११ जनामा कोरोना संक्रमण

May 2, 2021

काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप ७२११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो । यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । यस्तै, काठमाडौं उपत्यकामा ३ हजार ५९५ जना संक्रमित थपिएका छन्।
जसमा काठमाडौंमा २७ सय ४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा संक्रमण पुष्टि भएको छ। आज कोरोना संक्रमणका कारण २७ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

- ADVERTISEMENT -