June 14, 2024

रंगशालालाई तीन लाख आर्थिक सहयोग

May 2, 2021

चितवन / निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई तीन लाख सहयोग प्राप्त भएको छ । चितवन समाज आयरल्याण्डले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई तीन लाख सहयोग गरेको हो ।
समाजका महासचिव विवेकराज सापकोटाले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’लाई तीन लाख रुपैयाको चेक हस्तान्तरण गरेका हुन् ।
फाउण्डेशनका अध्यक्ष कट्टेलले कठिन परिस्थितिमा पनि विदेशी भूमिमा रहेर बगाएको रगत पसिनाको कमाइ संकलन गरी सहयोग उपलब्ध गराएकोमा आभार व्यक्त गरे ।
समाजका महासचिव सापकोटाले जनस्तरबाट निर्माणाधिन रंगशालालाई सम्पन्न गराउन सरकारदेखि गैर आवासीय सम्पूर्ण नेपालीलाई सहयोगको अपिल गरे ।
चितवन समाज आयरल्याण्डका सदस्य मुकुन्द भुसालले सहजीकरण गरेको कार्यक्रममा शिक्षाप्रेमी ज्ञानराज सापकोटा र पत्रकार हेमराज रिमालको सहभागिता थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -