काठमाडौं / पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार हुन थालेको छ । नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वरानीको आइतबार दिउँसोदेखि स्वास्थ्यमा सुधार हुन लागेको एक विज्ञप्तिमार्फत जनाएको छ ।
कोरोना संक्रमण भई ९ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्ल्जामा थेरापी विधिबाट उपचार थालिएको थियो । हाल आइसियूमै राखेर उपचार भइरहेको छ ।
अक्सिजनको हाइफ्लो सपोर्टमा उपचार जारी राखिए पनि स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भइरहेको छ । नर्भिक अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य रहेको पनि अस्पतालले जनाएकोछ ।
पूर्वरानी कोमलको स्वास्थ्य सुधारोन्मुखः नर्भिक

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
