चितवन / चितवनमा एकै दिन आज सोमबार चार जना कोरोना भाइरस(कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेज (सिएमसी) मा तीन जना र कलेज अफ मेडिकल साईन्सेस (पुरानो मेडिकल कलेज) (सिएमएस) मा एक जनाको मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार १३ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । सिएमसीमा ९ जना र सिएमएसमा ४ जना भेन्टिलेटरमा उपचार गराईरहेका हुन् ।
यस्तै ६४ जना बिराामी आईसियूमा उपचाररत छन् । ती मध्ये सिएमसीमा ३६ जना, सिएमएसमा १८ जना र भरतपुर अस्पतालमा १० जना उपचाररत छन् । यसैगरी ४६ जना संक्रमित एचडियूमा उपचार गराईरहेका छन् । ती मध्ये भरतपुर अस्पतालमा २४ जना, सिएमसीमा ८ जना र सिएमएसमा १४ जना रहेका छन्।
जिल्लाका अस्पतालमा उपचार गराईरहेका २२० जना संक्रमित मध्ये भरतपुर अस्पतालमा १०६, सिएमसीमा ७८ र सिएमएसमा ३६ जना रहेका छन् । जिल्लामा भरतपुर अस्पतालमा ११० शैया, सिएमसीमा १३९ शैया र सिएमएसमा १०० शैया कोभिड संक्रमितका लागि छुट्टाईएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा चार जना कोरोना संक्रमितको मृत्यु
May 3, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
