February 11, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

धादिङमा आजबाट निषेधाज्ञा : मौवाखोलामै रोकिए सवारी साधन

May 4, 2021
Photo : Dan Bahadur Gurung

मौवाखोला / धादिङमा आज मंगलबारदेखि निषेधाज्ञा सुरु भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले आजदेखि निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
धादिङमा पनि कोरोना संक्रमितको दर तिव्र रुपमा बढ्दै गएका कारण बैशाख २१ गते बिहान ६ बजेदेखी ३१ गते राती १२ बजे सम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालको संयोजकत्वमा बसेको वैठकले यस्तो गरेको हो ।
चितवन तर्फबाट गएका सवारी साधनहरुलाई धादिङ छिर्न दिएका छैनन् । सुरक्षाकर्मीले अत्यावश्यक बाहेकका सवारी साधनहरुलाई मौवाखोलामै रोकेका हुन् ।

- ADVERTISEMENT -